गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार



नागरिक अपडेट


गुल्मी । गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्धार गरिएको छ ।जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

ढुङ्गा माटोले बनेको एकतले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जीवितै उद्धार गरेका छन् । उद्धारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ ।

पहिरो खसेका बेला उनी घरमा एक्लै थिइन् । उनकी छोरी घाँस काट्न गएका बेला पहिरोले घर पुरिएको थियो । उनका श्रीमान् र छोरा भारतमा रहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया