गुल्मीमा १२ वर्षीया सडकबालिका बलात्कृत, १८ वर्षीय किशोर पक्राउ



नागरिक अपडेट


टोपलाल अर्याल,गुल्मी। गुल्मीमा १२ वर्षीया सडकबालिका बलात्कृत भएकी छिन्। मालिका गाउँपालिका–४ अर्खबाङका १८ वर्षीय मदन भनिने छबबहादुर घर्तीले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बाबु–आमाको संरक्षण नहुँदा बालिका लामो समयदेखि सडकमा माग्दै हिँड्थिन्।

Advertisement

आरोपी घर्तीले २ मंसिरमा बालिकालाई ललाइफकाई तम्घासको एक होटेलमा लगेर बलात्कार गरेपछि फरार भएका प्रहरीले जनाएको छ। बालिकाको स्वास्थ्य अवस्था बल्झिँदै गएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए। सोही आधारमा १० दिनपछि प्रहरीले घटनाका आरोपी घर्तीमगरलाई पक्राउ गरेर अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले बताए।

Advertisement

उनले बालिकाको स्वास्थ्य–उपचारलाई निरन्तरता दिएको बताए। तम्घासमा अभिभावकको संरक्षण नपाएर दिनभर सडकमा माग्दै हिँड्ने बालबालिकाहरूको संख्या बढ्दै गएपछि व्यवस्थापनको चुनौती रहेको छ। दीर्घकालीन व्यवस्थापन नहुँदा बालबालिका दुर्घटना र बलात्कार हुने जोखिममा छन्।

Advertisement

बालिका बलात्कृत हुने होटेलमा मालिकलाई कानुनी दृष्टिकोणबाट कार्यालयमा बोलाउने र अरू होटेलहरूमा पनि निगरानी बढाएको प्रहरी नायब उपरीक्षक पोख्रेलले जानकारी दिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया