अलपत्र रहेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम तीव्र



नागरिक अपडेट


काठमाडौँ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक अभावको कारण देखाउँदै रंगशाला बनाउने काम छाडेपछि रगंशाला अलपत्रमा परेको थियो ।

Advertisement

लामो समय अलपत्रमा परेको उक्त रगशाला भरतपुर महानगर पालिकाको पहलमा संघीय सरकार, बागमती प्रदेश सरकार र भरतपुर महानगरबिचको सहकार्यमा धमाधम निर्माण भइरहेको छ । उक्त रंगशालाको काम २०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले काम सुरु गरेको थियो ।

Advertisement

उक्त कम्पनीले ७८ करोड ५० लाख ९१ हजार लागतमा रंगशाला निर्माण गरी रहेको छ । बागमती प्रदेश सरकारको ७५ करोड र भरतपुर महानगर पालिकाको ५ करोड रुपैयाँबाट रंगशालाको काम अगाडि बढाइएको छ भने संघीय सरकारले पनि रंगशाला निर्माणको लागि बजेट विनियोजन गरेको छ ।

Advertisement

निर्माण सुरु भएको ५ महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने देखिएको आयोजनाका प्रोजेक्ट म्यानेजर वीरेन्द्र कुमार यादवले जानकारी दिए । रंगशालामा दैनिक १ सय ५० देखि १ सय ७५ जना कामदारबाट काम भइरहेको उनले बताए । निर्माण सुरु भएको ५ महिनामा करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ।

अहिले २ वटा टावर दर्शक बस्ने स्ट्याण्ड र खेल मैदान बनाउने काम भइरहेको इन्जिनियर रञ्जित शाहले बताए । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण भइरहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने ३ तहको प्याराफिट र भिआईपी टावर तथा खेलाडीहरू बस्ने टावर निर्माण गरिने शाहले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया