गुल्मेली गायक रामचन्द्र चन्दको कम ब्याक,पल शाह र नारायणी खत्रीको साथमा”मायालुको नाममा”



केशब गौतम


केशब गौतम,गुल्मी। गुल्मेलीको तथा दोहोरी गायक रामचन्द्र चन्दले आफ्नो साङ्गीतिक यात्रालाई फेरि कम ब्याक गरेका छन्।लामो समय देखि जटिल स्वास्थ्य समस्या झेल्दै आएका लोकप्रिय गायक तथा सर्जक रामचन्द्र चन्दले ”मायालुको नाममा” गित मार्फत पुन : नेपालि साँगितिक क्षेत्रमा कम ब्याक गरेका छन् ।

Advertisement

कोरोनाको समयमा स्वास्थ्यमा देखिएको समस्या बल्झिदै जाँदा पूर्ण रुपमा हिडडुल गर्न नसक्ने चन्द गित संगीत सिर्जनामा भने निरंतर लागिरहेका छन् । बिन्दु परिवार युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा रामचन्द्र चन्द र बिन्दु परियारको स्वर सुन्न सकिन्छ ।

Advertisement

नायक पल शाह र नारायणी खत्रीको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ । यो गित सार्वजनिक भएको केहि घन्टामै युटुब र टिकटकको ट्रेन्ड्रिंगमा अगाडी परेको हो । गीतमा गायक तथा सर्जक नन्दु परियारको लय तथा लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द रहेको छ ।

Advertisement

केहि समय अघि हिप रिप्लेसमेन्ट गरेका गायक रामचन्द्र चन्द यो गित मार्फत नेपाली साँगितिक क्षेत्रमा पुन : फर्किएका छन् । गायक चन्दलाई हाम्रो तर्फबाट पनि सिघ्र स्वास्थ्य लाभको कामना ।

भिडियो –

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया