मोटरसाइकलबाट लडेर महिलाको मृत्यु, चालक फरार



केशब गौतम


काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक जनाको मृत्यु भएको छ । युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो ।

Advertisement

दुर्घटना गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

Advertisement

मोटरसाइकल चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया