काठमाडौँ । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका रुपन्देही बुटवलका सुदीप न्यौपानेको सम्झनामा काठमाडौंमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको छ ।
सो अवसरमा सहभागीहरुले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । गत मंगलबार भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीप मारिएका थिए ।
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी