गुल्मी । गुल्मीमा जलेर एक जना बालकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।
मनि नेपालीको ढुँगा र माटोले बनेको २ तले कच्ची गोठमा बुधबार आगलागी भएको थियो । डीएसपी सारुका अनुसार दिदी-भाइसँगै खेलिरहेको समयमा गोठमा आगलागी भएको थियो । विवेकको ९ वर्षीया दिदी अस्मिले भनेर भागेर ज्यान बचाएकी छन् ।
आगलागी पूर्णरूपमा नियन्त्रणमा आइसकेको र घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक लक्ष्मण विकको कमान्डमा टोलि खटिएको डीएसपी सारुले बताए ।