बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत महाराजगञ्जज जिल्लाअन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेका प्रहरीले जनाएको छ ।
दोभान प्रहरी चौकीका अनुसार अन्सारी दाजुभाइ र साथीसहित बुटवल घुम्न आएका थिए । घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरूमध्ये पौडी खेल्ने क्रममा अन्सारी ड्यामनेर डुबेका अन्सारी फेला पर्न नसकेको प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले जानकारी दिए ।
उनले खोलामा धमिलो पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको बताए ।