लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



केशव गौतम


बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ बैठक आज (शनिबार) दिउँसो २ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको आठौँ बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सभामा बोल्ने कार्यसूची छ ।

Advertisement

त्यसपछि आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफललाई सभामुख तुलाराम घर्ती मगरले निरन्तरता दिनेछन् । छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

Advertisement

मुख्यमन्त्री आचार्यबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूचीमा समावेश गरिएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया