गुल्मीमा किशोरीको बलात्कारपछि हत्या गर्नेलाई आजीवन कैद र पाँच लाख रुपैयाँ जरिवाना



सन्तोष महतारा


सन्तोष महतारा,गुल्मी — गुल्मीमा किशोरीको बलात्कार पछि हत्या गर्नेलाई आजीवन कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

Advertisement

बुधबार जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले परिवर्तित नाम १५ वर्षीया ४६ चन्द्रकोट १ लाई गत कात्तिक १६ मा बलात्कार र हत्या गरेको अभियोगमा जबर्जस्ती करणी र कर्तव्य जान मुद्दामा बाँकेको खजुरा गाउँपालिका-७ का २३ वर्षीय रहिस खाँलाई आजीवन कैद (जीवित रहेसम्म) र पाँच लाख रुपैयाँ जरिवानाको फैसला भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

Advertisement

गत कात्तिक १६ गते खेतमा धान काट्ने क्रममा सुर्ती किन्न गएकी किशोरी बेपत्ता भएकी थिइन् । उनी परिवार र प्रहरीले खोजी कार्य गर्दा स्थानीय हुग्दी खोलामा मृत फेला परेकी थिइन् । त्यसपछि स्थानीय मदरसामा अध्यापन गराउने खाँ पक्राउ परेका थिए । बाँके घर भएका उनी गुल्मीको चन्द्रकोटमा मदरसामा अध्यापन गराउँदै आएका थिए ।

Advertisement

अदालतले पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउनेसमेत फैसला गरेको छ । बाग्लुङको बरेङ गाउँपालिका घर भएका पीडित घरपरिवार केही वर्षदेखि गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा बस्दै आएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया