बुटवलबाट बेपत्ता अर्घाखाँचीका ९२ वर्षीय वृद्ध पुरुष कालीगण्डकीमा मृत फेला



सन्तोष महतारा


गुल्मी — अर्घाखाँचीका ९२ वर्षीय वृद्ध पुरुष गुल्मीकाे कालीगण्डकी नदीमा मृत फेला परेका छन् । गुल्मीको रुरुक्षैत्र गाउँपालिका-२ तालखाेलास्थित कालीगण्डकी नदीमा अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा स्थायी घर भई बुटवल गाेलपार्क बस्ने ९२ वर्षीय छविलाल गैरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।

Advertisement

उक्त स्थानमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी टाेली खटिएको थियाे। पहिचानका क्रममा उनका जेठो छाेरा कृष्णप्रसाद गैरेले मृतक छविलाल गैरे (बुबा) रहेको पुष्टि गरेका हुन् ।

Advertisement

पुस २७ गते प्रहरीमा उनको खाेजी कार्यका लागि निवेदन परेको थियो। सामाजिक सञ्जालमा परिवार र आफन्तले पनि खाेजिदिन आग्रह गरेका थिए । उनको पहिचान भएपछि पाेष्टमार्टमका लागि शव निकाल्ने कार्य भइरहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया