अर्घाखाँचीकी गायिका आस्मा बन्जाडेको नयाँ गीत”तिमी हौ कसैको”सार्वजनिक



केशव गौतम


बिनोद बिष्ट,बुटवल । गायिका आस्मा बन्जाडेको नयाँ गीत “तिमी हौ कसैको” गीतको बोल बजारमा सार्वजनिक भएको छ। कलाकारहरुलाई यतिबेला गीतहरु सर्बजनिक गर्नेे चटारो परेको बेला आस्मा बन्जाडेको नया गीत सार्वजनिक भएको हो ।

Advertisement

बजारमा यतिबेला बिभिन्न तीज गीत सार्वजनिक भैइरहेका समयमा कुसल बेलबासे र आस्मा बन्जाडेको “तिमी हौ कसैको” गीत नयाँ गीत बजारमा सार्वजनिक भएको हो । उहाँका एक पछि अर्को गीत गर्दै बजारमा आईरहेका हुन्छन । बुटवल बजार घुम्न जाम सरर,आमा बिनाको तीज,तारे भिर उहाँका चर्चित गीतहरु मध्य पर्छन ।

Advertisement

Advertisement

यसै बिचमा यो गीतले पनि पहिलाको गीतहरुलाई जस्तै धेरै माया पाउने बिश्वास रहेकाे गायिका आस्मा बन्जाडेले बताउनु भयो। दर्शक श्राेताले मन पराउने भएकाले अहिले यो गीत निकाल्न सफल भएको यस गीतका गायिका बन्जाडेले बताईन ।

“तिमी हौ कसैको” गीत कुसल बेलबासे र आस्मा बन्जाडेको आबाजमा गित सुन्न सकिन्छ । हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने मार्मिक शैलिको गित बजारमा आएको छ। गितकाे शब्द टीका सानू संगीत आस्मा बन्जाडेले गरेकी हुन ।

गितकाे माेडलमा कुसल बेलबासे,आस्मा बन्जाडे,टीका सानू लगाएतलाई देख्न सकिन्छ भने गितकाे निर्देशन टीका सानुको रहेको छ । गितकाे म्युजिक भिडियो आस्मा बन्जाडे युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
भिडियो:-

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया