त्रिभुवन माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मान



केशब गौतम


केशव गौतम,गुल्मी। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालीका वडा नं १४ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । एस.इ.इ.परीक्षा २०८१ मा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भए सँगै विद्यालयले विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको हो । विद्यालयले शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरेको छ।

Advertisement

असार १३ गते प्रकाशित परीक्षाफल अनुसार कुल २३ जना परीक्षामा सहभागी कुल १० विद्यार्थी मध्य १ जनाले ए ग्रेड, ४ जनाले वि प्लस ४ जनाले बि ग्रेड र ८ जनाले ग्रेड वृद्धिमा उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले जानकारी दिनुभयो। ९० प्रतिशत नतिजा ल्याउन शिक्षक, अभिभावक, विद्यार्थीहरुको मेहनत प्रति विद्यालय प्रशासनले सबैमा धन्यावाद ज्ञापन गरेको छ।

Advertisement

Advertisement

रेसुङ्गा नगरपालिका १४ का वडा अध्यक्ष धनबहादुर पुन,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर सोमै,विद्यालयका प्रधानाध्यापक तिलकराम गौतम

वडाबाट सम्मान
कार्यक्रममा वडा कार्यालयले समेत विद्यालयलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ । कार्यक्रममा वडा अध्यक्ष धनबहादुर पुनको प्रमुख अतिथिको रूपमा बोल्दै – रेसुङ्गा नगरपालिका भित्रका १७ माध्यमिक विद्यालय मध्ये छैटौं नम्बरमा विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई सम्मान गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउनुभयो ।

विद्यालयमा यो उपलब्धी एउटा विद्यालयको मात्र नभई समग्र नगरपालिकाको उपलब्धि भएको बताउँदै अब सतप्रतिशत विद्यार्थी उत्तीर्ण बनाउन तर्फ लाग्न सुझाउनु भयो । साथै उहाँले यो सफलताका लागि विद्यार्थी,शिक्षक, अभिभावक र विद्यालयको मेहनत प्रति गौरव लागेको उहाले उल्लेख गर्नुभयो । यो वर्ष विद्यालयबाट १० जना विद्यार्थी परीक्षामा सम्मिलित भएकोमा ९ जना विद्यार्थी उत्तीर्ण र आगामी दिनमा सतप्रतिशत नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको वडा अध्यक्ष पुनले बताउनु भयो ।

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलकराम गौतम

शिक्षकलाई सम्मान
कार्यक्रममा एस.इ.इ परिक्षामा आफुले अध्यापन गराउने बिषयमा शतप्रतिशत उतिर्ण गराउने शिक्षकलाई सम्मान गरीएको छ। सम्मान हुनेमा नेपाली बिषयका शिक्षक तथा विद्यालयका सह-प्रध्यानाध्यापक दुर्गाप्रसाद गौतम, सामाजिक बिषयका शिक्षक बिमल अर्याल ,अर्थशास्त्र बिषय मानबहादुर खत्री, शिक्षा र अङ्ग्रेजी बिषयका शिक्षक दिपक खवासलाई विद्यालयको तर्फबाट प्रशंसा पत्र खादा र टिका लगाएर सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै वडाको तर्फबाट सम्पुर्ण शिक्षकहरुलाइ समेत सम्मान गरिएको थियो ।

प्रशंसा पत्र खादा र टिका लगाएर सम्मान हुनुभएका शिक्षक दुर्गाप्रसाद गौतम
प्रशंसा पत्र खादा र टिका लगाएर सम्मान हुनुभएका शिक्षक बिमल अर्याल
प्रशंसा पत्र खादा र टिका लगाएर सम्मान हुनुभएका शिक्षक मानबहादुर खत्री

सम्मान कार्यक्रममा वडा सदस्य खेमराज रजाली,वडा सदस्य सरिता पन्थी,शिक्षक अभिभावक संघ अध्यक्ष फर्शुराम कुँवर,प्रधानाध्यापक तिलकराम गौतम, छिमेकी विद्यालय थाक्सीपोखरा माध्यमिक विद्यालय गुल्मीदरबार -१,बलिथुमका प्रधानाध्यापक सूर्यबहादुर फुङ्गजेली लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा शिक्षक युवराज आचार्य सहित विद्यार्थीहरूको भजन कृतन, असारे रोपाइँ जात्रा गीत नृत्य लगायत विविध साँस्कृतिक कार्यक्रमले दर्शक तथा अतिथिहरूलाई थप हौसाएको थियो । शिक्षक रूद्रप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर सोमैको अध्यक्षता र सहायक प्रधानाध्यापक दुर्गाप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियोे ।

शिक्षक अभिभावक संघ अध्यक्ष फर्शुराम कुँवर
शिक्षक युवराज आचार्य सहित विद्यार्थीहरूले भजन कृतन, असारे रोपाइँ जात्रा गीत गाउदै
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर सोमै

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया