काठमाडौँ । भारत र बङ्गलादेशबिच आगामी अगस्त २०२५ मा हुने तय भएको ह्वाइट बल सिरिज (वनडे र टी२०) आपसी सहमतिमा स्थगित गरिएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र भारतीय बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय खेल तालिका र दुवै टोलीको व्यस्ततालाई ध्यानमा राख्दै यो निर्णय गरेका हुन्।
यो सिरिज अन्तर्गत तीन एक दिवसीय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलहरू हुने तय थियो, जुन अब २०२६ सेप्टेम्बरमा गरिनेछ। बीसीबीले सेप्टेम्बर २०२६ मा अपेक्षित सिरिजका लागि भारत स्वागत गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ । दुवै बोर्डबिचको सहमतिपछि सिरिजको नयाँ मिति र विस्तृत कार्यक्रम चाँडै सार्वजनिक गरिनेछ।