गुल्मी महोत्सवमा २४ लाख आम्दानी,४५ हजार दर्शकले गरे अवलोकन



सन्तोष महतारा


सन्तोष महतारा,गुल्मी । गुल्मीमा संचालित दोस्रो गुल्मी महोत्सवबाट २४ लाख रुपैयाँ आम्दानी भएको छ । गुल्मी चेम्बर अफ कमर्सले गत वैशाख ५ देखि २० गतेसम्म सदरमुकाम तम्घासमा दोस्रो गुल्मी महोत्सव-२०८२ तथा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला संचालन गरेको थियो ।

Advertisement

शनिबार आम्दानी-खर्च सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुल्मी चेम्बर अफ कमर्सका कोषाध्यक्ष युवराज पाण्डेले कुल आय रकम ६७ लाख रुपैयाँ रहेकोमा जसबाट ४२ लाख २६ हजार रुपैयाँ खर्च भएको बताए । जसअनुसार कुल २४ लाख रुपैयाँ आम्दानी भएको छ । जसमध्ये १२ लाख ४९ हजार रुपैयाँ गुल्मी चेम्बर अफ कमर्सको बैंक खातामा रहेको छ ।

Advertisement

बाँकी १२ लाख २५ हजार रुपैयाँ भने मेला व्यवस्थापक कम्पनीसँगबाट लिन बाँकी छ । मेला व्यवस्थापन जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको थियो । गुल्मी चेम्बर अफ कमर्सले पनि रेसुंगा नगरपालिकालाई ५० हजार रुपैयाँ विज्ञापन कर तिर्न बाँकी छ ।

Advertisement

गुल्मी चेम्बर अफ कमर्सले स्थानीय पालिकाले सहयोग गर्ने रकमसमेत आम्दानी खर्चमा मिलान गर्न आय-व्यय सार्वजनिक गर्न असार मसान्तसम्म पर्खनुपरेको थियो । आम्दानी खर्चलाई सत्यतथ्य सार्वजनिक गर्नका लागि केही समय पर्खनुपरेको संस्थाका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।

महोत्सवमा कुल ४५ हजार दर्शकले अवलोकन गरेको संस्थाका सचिव सूर्य घिमिरेले बताए । गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले विभिन्न समस्याका बीचमा पनि महोत्सव सफल भएको बताएका थिए । ‘महोत्सवले गुल्मीको आर्थिक अवस्था चलायमान गराएको छ,’ उनले भने, ‘हामीले यथार्थ आर्थिक विवरण प्रस्तुत गरेका छौं ।’

गुल्मी चेम्बर अफ कमर्सले टिकट, बाल उद्यान, स्टल, सहयोगी संस्था र स:शुल्क पास लगायतबाट आम्दानी गरेको थिए । साथै स्थानीय पालिकालाई कर, अतिथि सत्कार, प्रचारप्रसार, यातायात, स्थानीय झाँक्री र कलाकार, स्टल तथा स्टेजम निर्माण, पिउने पानी, मायाको चिनो, राष्ट्रिय कलाकार, जग्गा भाडा र विज्ञापन कर लगायतमा खर्च गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया