हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी



रासस


हुम्ला । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज विहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए ।

Advertisement

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उले बताए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया