गुल्मी धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण,४ बाख्रा मारिए



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ गोपेको देउराली सामुदायिक वन क्षेत्रमा जंगली जनावर चितुवाको आतंक बढ्दै गएको छ ।

Advertisement

उक्त क्षेत्रमा बाख्रा चराउन गएकी तिलकुमारी खत्री गौतम र दुर्वता खत्री गौतमका बाख्रामाथि चितुवाले आक्रमण गर्दा ४ वटा बाख्रा मरेका छन् । बाख्रा चराउने क्रममा जंगलतर्फ गएको बेला अचानक चितुवा देखिएर आक्रमण गरेको स्थानीयले बताएका छन् ।

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी जैसिथोक बरबोटबाट प्रहरी हवल्दार रामबहादुर रानाको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले थप विवरण संकलन गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

Advertisement

स्थानीयवासीले पछिल्लो समय देउराली सामुदायिक वन क्षेत्रमा चितुवाको आआवागमन बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सम्बन्धित निकायसँग वन क्षेत्रमा गस्ती र निगरानी बढाउन माग समेत गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया