गुल्मी खण्डको कालीगण्डकी करिडोरअन्तर्गत गरगरेमा सडक अवरुद्ध



सन्तोष महतारा


गुल्मी —कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको गरगरेमा सडक अवरुद्ध भएको छ । आइतबार दिउँसोदेखि परेको झरीका कारण पहिरो खस्दा कालीगण्डकी गाउँपालिका-१ गरगरेमा सडक अवरुद्ध भएको हो ।

Advertisement

सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय छोटो दूरीमा चल्ने सवारीसाधन, सदरमुकाम तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरालगायतमा चल्ने सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

Advertisement

गुल्मी हुँदै बुटवल–बुर्तिवाङ सडकको रुद्रवेणी–वामी खण्डको डहरे खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया