गुल्मीको कालीगण्डकी करिडोर र बुर्तिवाङ सडक सञ्चालनमा



नागरिक संवाददाता


गुल्मी — आइतबार दिउँसो गुल्मीमा गएको पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर र बुटवल–बुर्तिवाङ सडक सञ्चालनमा आएका छन् । दुवै सडकको पहिरो र अवरोध हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

Advertisement

यो पनि…
गुल्मी खण्डको कालीगण्डकी करिडोरअन्तर्गत गरगरेमा सडक अवरुद्ध

गुल्मी खण्डको कालीगण्डकी करिडोरअन्तर्गत गरगरेमा सडक अवरुद्ध

कालीगण्डकी गाउँपालिका–१ गरगरेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो । त्यस्तै, सत्यवती गाउँपालिका–६ डहरे खोलाको बहाव बढ्दा बुटवल–बुर्तिवाङ सडक अवरुद्ध भएको थियो । पटक–पटक खस्ने पहिरो र डहरे खोलाले बगरको कालो माटो बगाउँदा दुवै सडक प्रायः दिनहुँजसो अवरुद्ध हुँदै आएका छन् ।

Advertisement

डहरे खोलामा पुल निर्माण भइरहेको छ । पुल सम्पन्न भएपछि पटक–पटक हुने अवरोध समाधान हुने अपेक्षा गरिएको छ । तर, कालीगण्डकीको गरगरे पहिरोका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया