उत्तराखण्ड बाढीपहिरो अपडेट: धादिङका पनि ४ जना सम्पर्कविहीन



नागरिक अपडेट


काठमाडौं । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ ।

Advertisement

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

Advertisement

यो पनि पढ्नुहोस…
भारतमा बाढीले १७ भन्दा बढी नेपाली पर्नु दुःखद हो : प्रधानमन्त्री

भारतमा बाढीले १७ भन्दा बढी नेपाली पर्नु दुःखद हो : प्रधानमन्त्री

उनीहरु कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए । ‘त्यसपछि हामीले पत्राचार गरेर गृह मन्त्रालयमार्फत् दूतावासलाई जानकारी गराएका छौं,’ उनले भने ।

Advertisement

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।

यो पनि पढ्नुहोस…
उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता,केही घाइते

उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता,केही घाइते

यसअघि उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार त्यहाँका १३ जना नेपाली सम्पर्कविहीन छन् । उनका अनुसार कुशे गाउँपालिका वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।

यो पनि पढ्नुहोस…
भारतको उत्तरकाशीमा बाढी आउँदा करिब ६० जना बेपत्ता,४ जनाको मृत्यु

भारतको उत्तरकाशीमा बाढी आउँदा करिब ६० जना बेपत्ता,४ जनाको मृत्यु

यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी बेपत्ता भएको जानकारी आएको त्यहाँका जनप्रतिनिधिहरुले बताएका छन् ।

स्थानीय पालिकाहरुले नेपालीहरु हताहत भएको सूचना आएको भन्दै उनीहरुको खोज तथा उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस…
उत्तराखण्ड बाढीमा परेका‘नेपाली’ युवकले भने:बुवा,हामी बाँच्छौं जस्तो लाग्दैन’

उत्तराखण्ड बाढीमा परेका‘नेपाली’ युवकले भने:बुवा,हामी बाँच्छौं जस्तो लाग्दैन’

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया