गुल्मीमा ३८ पटक सडक अवरुद्ध,२ सय १२ घण्टा यातायात ठप्प



सन्तोष महतारा


गुल्मी — गुल्मीमा एक महिनामा मात्रै ३८ पटक सडक अवरुद्ध हुँदा २ सय १२ घण्टा सवारी आवतजावत ठप्प भएको छ । साउन महिनामा मुख्य गरी कालीगण्डकी करिडाेर, मदन भण्डारी राजमार्ग र बुटवल-बुर्तिबाङ सडक अवरुद्ध भएका थिए ।

Advertisement

कालीगण्डकी करिडाेर १३ पटक अवरुद्ध हुँदा १ सय ५ घण्टा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार भेटघाटमार्फत जानकारी गराएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले कालीगण्डकी करिडाेेेरकाे गरगरे, राक्से, मुल्क र कनाैटामा सडक अवरुद्ध भएको थियो ।

Advertisement

गुल्मीमा अवरुद्ध भइरहने बुटवल-बुर्तिबाङ सडककाे रुद्रवेणी-वामी खण्डकाे डहरे खाेला ।

त्यसैगरी बुटवल-बुर्तिबाङ सडकखण्डकाे रुद्रवेणी-वामी सडक १७ पटक अवरुद्ध हुँदा ५९ घण्टा आवातजावत ठप्प भएको थियो । यहाँ मुख्य डहरे खाेलामा पानीको बहाव बढेपछि अवरुद्ध हुने गरेकाे छ ।

Advertisement

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडकखण्ड ५ पटक अवरुद्ध हुँदा ३८ घण्टा ठप्प भएको छ । रिडी-खर्ज्याङ सडक २ पटक अवरुद्ध हुँदा ४ घण्टा ठप्प भएको छ । साथै स्थानीय पनाहा-धुर्काेट-जैसिथाेक-पुर्काेट सडक १ पटक अवरुद्ध हुँदा २ घण्टा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले सडक अवरुद्ध भएको सूचना पाउनसाथ प्रहरी खटिने र सडक खुलाउन प्रयास गर्ने गरेको बताए । उनलेे स-साना पहिरो प्रहरीले नै हटाएर पनि सडक सञ्चालन गरिएको र ठूला पहिरोमा सहजीकरण गरेको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया