गुल्मीमा एक महिनामा ५८ विपदका घटना, ५२ लाखको क्षति



टोपलाल अर्याल


गुल्मी। केहि दिन अघि गुल्मीको रेसुङ्गा नगरपालिका–६ हर्राचौरका ४३ वर्षीय सूर्यप्रसाद आचार्यको गोठ भत्किएर एउटा भैंसी र पाडो मरे । आचार्यको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठ अविरल बर्सातका कारणले भत्किएको थियो ।

Advertisement

त्यस्तै, मुसिकोट नगरपालिका– रगनामका ६६ वर्षीय जयबहादुर थापाको गोठ अविरल बर्साका कारण गोठ भत्किएपछि तीन गाई, एक बाच्छा र एक बाख्रा मरे । धुर्कोट गाउँपालिका–१ राले माधचौरा का ३३ वर्षीय दिपेन्द्र विकको गोठ पनि अविरल बर्सातका कारण भतिकएपछि गोठ पूर्ण रुपमा क्षति भयो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनामा मात्रै ५८ विपदका घटना भएका छन् । बाढी डुबान १०, पहिरो २९, आगलागी दुई र अविरल वर्षा १७ रहेका छन् । पहिरोबाट एक घर र गोठमा क्षति पुगेको छ । आगलागीबाट एक जना मानिसको मृत्यु र दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

Advertisement

रेसुङ्गा नगरपालिका–६ का सूर्यप्रसाद आचार्यको क्षतिग्रस्त बङ्गालो (गोठ) ।

अविरल वर्षाका कारण आठ घर र पाँच गोठ भत्किएका छन् । सारुका अनुसार बाढी डुवानकाट तीन लाख ५० हजार रुपियाँ, पहिरोबाट छ लाख ५० हजार रुपियाँ, आगलागीबाट १३ लाख रुपियाँ र अविरल वर्षाबाट २९ लाख ५० हजार गरेर ५२ लाख ५० हजार रुपियाँको अनुमानित क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले नियमित मासिक पत्रकार सम्मेलनका सार्वजनिक गरेको विवरण अनुसार साउनमा जिल्लाका विभिन्न सडक ३८ पटक गरेर २१२ घण्टा अवरुद्ध भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका–१ रगनाममा गोठ भत्किँदा पाँचवटा पशुचौपायाको मृत्यु

कालिगण्डकी करिडोर १३ पटक गरेर १०५ घण्टा, रुद्रवेणी वामी १७ पटक गरेर ५९ घण्टा, रिडी तम्घास पाँच पटक गरेर ३८ पटक, रिडी खर्ज्याङ्ग दुई पटक गरेर चार घण्टा तथा पनाह पुर्कोट सडक एक पटक दुई घण्टा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो ।

साउन महिनामा १३ आत्महत्या र दुई बलात्कारका घटना भएका छन् । २५ मुद्दा दर्ता भएकोमा एउटा मात्रै फर्छ्यौट भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले २६८ सवारी कारबाही गरेर दुई लाख ४९ हजार ५०० र जिल्ला प्रहरी कार्यालयमा विभिन्न शीर्षकमा ५५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । गोरखापत्र अनलाइनबाट साभार

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया