पञ्चेबाजा गीत ‘नयाँ घरमा’ सार्वजनिक, छोटो समयमै चर्चाको शिखरमा



केशव गौतम


गुल्मी । नेपाली विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक भएको छ । गायक श्रीधर अधिकारी र लोकप्रिय गायिका देवी घर्ति मगरको स्वरमा रहेको यस गीतमा कलाकार मुकु सुवेदी र सुस्मा सापकोटाको अभिनय रहेको छ।

Advertisement

गीतको कथा तथा निर्देशन मुकु सुवेदीले गरेका छन् । भिडियोमा सुवेदी स्वयंम र गायिका तथा मोडल सुस्मा सापकोटाले प्रमुख अभिनयको भूमिका निभाएका छन् ।

Advertisement

पारम्परिक पञ्चेबाजा शैलीमा निर्माण रहेको यस गीतका शब्द सुस्मा सापकोटाले रहेको छ भने संगीत राजन अधिकारीले गरेका छन् ।

Advertisement

नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष तथा परिवारबीचको आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

गीतलाई आधुनिक स्वाद दिनका लागि एरेन्ज, मिक्सिङ र मास्टरिङको काम एचबीएन किस्मतले गरेका हुन् । गीतको रेकर्डिङ १ डि.बी. एचडी नेक्स्ट लेभल स्टुडियोमा गरिएको हो ।

छायांकनमा सुरज घिमिरे ‘सेन’, सागर महत, समिप चौधरी र बिपिन ज्ञवाली संलग्न छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुरज घिमिरे ‘सेन’कै रहेको छ ।

भिडियोको पोस्टर डिजाइन उत्तम कुमार कार्कीले गरेका हुन् । राजेन्द्र अर्याल र सन्तोष सापकोटा प्राविधिक सल्लाहकारको भूमिकामा रहेका छन् । सम्पूर्ण पोस्ट–प्रोडक्सनको जिम्मेवारी शुभा इभेन्ट्सले वहन गरेको छ ।

भिडियोलाई मुकु सुवेदीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको र उक्त गीतले छोटो समयमा नै राम्रो चर्चा पाएको छ ।

भिडियो

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया