गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



सन्तोष महतारा


गुल्मी —गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-६ अर्जैका ३६ वर्षीय बसन्त अर्याल र ६० वर्षीया मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए।

Advertisement

अर्जैबाट वनभाेजमा जान लागेको बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आइरहेको माेटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा माेटरसाइकलमा सवार घाइते ६ वर्षीय अनुभव गिरीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ। घटनामा घाइते पैदल यात्रु शिक्षिका लिलावती अर्यालकाे गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

Advertisement

 

बिहान साढे ७ बजेको भएको दुर्घटनामा ११ बजे गुल्मी अस्पतालले दुई जनालाई मृत घाेषणा गरेको हो ।लुम्बिनी प्रदेश ०१-०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको होण्डासाइन मोटरसाइकललाई ठक्कर दिएकाे थियो। बस चालक र बस प्रहरी नियन्त्रणमा राखिएको छ।

मृतक मनकला छाेरीकाे घरबाट फर्कँदै थिइन्। नाताले देवर पर्ने बसन्त हुलाकमा कार्यरत कर्मचारी थिए। घाइते बालक मनकलाका नाति हुन् । मृतकका आफन्त आएपछि मात्रै पाेष्टमार्टम गर्ने गुल्मी अस्पतालकाे तयारी छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया