गुल्मीमा व्यावसायिक पशुपालन फस्टाउँदै, वार्षिक एक अर्बका खसी-बोका जिल्लाबाहिर बिक्री



नागरिक अपडेट


गुल्मीको प्रमुख उत्पादन
• तरकारी : साढे ३४ करोड मूल्यबराबरको १४ हजार पाँच सय मेट्रिकटन
• खसी–बोका : एक लाख २० हजारवटा खसी–बोका, चार सय १६ व्यावसायिक बाख्रा फार्म
• सुन्तला : ३२ करोड २७ लाख मूल्यको ६ हजार पाँच सय ७२ मेट्रिकटन उत्पादन, १२ करोड ८४ लाखको जिल्लाबाहिर बिक्री
• कफी : तीन करोड ४१ लाखबराबरको ३१ मेट्रिकटन उत्पादन, एक करोड २० लाखको जिल्लाबाहिर बिक्री

Advertisement

टोपलाल अर्याल,गुल्मी। गुल्मीमा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । छोटो समयमै धेरै आम्दानी हुने भएकाले गोठदेखि व्यावसायिक फार्महरूमा बाख्रापालन गर्नेको संख्या वृद्धि भइरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, गुल्मीले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा खसी–बोका बिक्रीबाट किसानले वार्षिक दुई अर्ब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

Advertisement

विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले वार्षिक ९८ करोड रुपैयाँबराबरका खसी–बोका जिल्लाबाहिर बिक्री हुने जानकारी दिए । रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी बाख्रापालन हुने गरेको छ । करिब पाँच हजार बिउ बोकाहरू गुल्मीबाट अन्य जिल्लामा निर्यातसमेत हुँदै आएका छन् । सबै स्थानीय तहबाट संकलित तथ्यांकअनुसार जिल्लामा वार्षिक रूपमा एक लाख २० हजार खसी–बोका बिक्री हुँदै आएको केन्द्र प्रमुख पाण्डेयले बताए ।

Advertisement

अहिले जिल्लामा वार्षिक एक हजार एक सय ६३ मेट्रिकटन मासु उत्पादन हुने गर्छ । गुल्मीमा मासु धेरै उत्पादन हुने जमुनापारी क्रस र बोयर क्रस जातका बाख्रा उत्पादन गरिँदै आएको छ । गत आर्थिक वर्ष ०७९/८० मा केन्द्रमा चार सय १६ बाख्रा फार्म दर्ता भएका छन् । केन्द्रले बाख्रापालनका लागि किसान र कृषक समूहहरूलाई खोर निर्माण, बिउ, औषधि उपचार, खोप, मेसिनरी सामग्री खरिदलगायत क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पाण्डेयले बताए ।१० महिनामा ९१ करोडको तरकारी उब्जनी
कृषि ज्ञानकेन्द्र, गुल्मीका अनुसार आर्थिक वर्ष ०८०/८१ को १० महिनामा ९१ करोड ७८ लाख ३२ हजार मूल्यबराबरको तरकारी उत्पादन भएको छ । त्यसमध्ये ४० करोड ६७ लाख १० हजारबराबरको कृषिउपज जिल्लाबाहिर बिक्री गरिएको छ ।

जिल्लामा तरकारी, सुन्तला, कफी, मह, किवी, मसिनो चामल, आलु, उखु, कोदो र अन्य रैथानी बाली गरेर ३१ हजार तीन सय ५७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी साढे ३४ करोड मूल्यबराबरको १४ हजार पाँच सय मेट्रिकटन तरकारी उत्पादन भएको केन्द्रको तथ्यांक छ । त्यसमध्ये १९ करोड ४३ लाखबराबरको तरकारी जिल्लाबाहिर बिक्री गरिएको छ । तरकारीका लागि छत्रकोट, सत्यवती र रुरुक्षेत्र गाउँपालिका उर्वर मानिन्छ ।

त्यस्तै, जिल्लाबाट १२ करोड ८४ लाखबराबरको सुन्तला अन्य जिल्लामा बिक्री गरिएको छ । यो वर्ष ३२ करोड २७ लाख मूल्यको ६ हजार पाँच सय ७२ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । सुन्तलाका लागि रेसुंगा, धुर्कोट र छत्रकोट अब्बल छन् । कफीको जननी गुल्मीबाट अहिले ३१ मेट्रिकटन अर्थात् तीन करोड ४१ लाख मूल्यबराबरको कफी उत्पादन भएको छ ।

एक करोड २० लाख मूल्यबराबरको कफी निर्यात भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको रुरुक्षेत्र र छत्रकोट उखुको राम्रो सम्भावना भएका पालिका हुन् भने मालिकामा आलुको प्रचुर सम्भावना छ । जिल्लाबाट उखु पाँच सय ८९ र आलु आठ हजार एक सय मेट्रिकटन उत्पादन भएको छ । किवी र मह तथा कोदोलगायतका रैथाने बालीको पनि राम्रो सम्भावना रहेको छ । नयाँ पत्रीकाबाट साभार

,

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया