गुल्मीमा ११ हजार बालबालिकालाई आई.पि.भी. खोप लगाइने



अनिल खत्री


अनिल खत्री,गुल्मी । गुल्मीमा खोप कार्यक्रम अन्तर्गत गुल्मीमा आई.पि.भी. खोप अभियान संचालन हुदैँछ । अभियान अन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो भाईरस विरुद्दको आईपिभी खोप लगाईने भएको हो ।

Advertisement

गुल्मी जिल्लामा ३९२ खोप केन्द्रमा १० हजार ८ सय १० जना बालबालिकालाई आईपिभी खोप लगाईने भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए । त्यसका लागि गुल्मी जिल्लाका सञ्चारकर्मीहरु सँग अन्तरक्रिया गरिएको छ ।

Advertisement

जिल्लामा खोप अभियानलाई प्रभावकारी बनाउने उदेश्यले कार्यक्रम गरिएको हो । खोप अभियान अन्तर्गत २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मीएका मात्र ५ देखि ८ वर्ष उमेर समुहका बालबालिकालाई मात्र आईपिभी खोप लगाईने लक्ष्य राखिएको छ ।

Advertisement

त्यसबेला यो खोप लिन छुटेका एकवर्ष मुनिका बालबालिका पोलियो रोगको जोखिममा रहेकाले ती छुट बालबालिकालाई अभियानको माध्यमबाट आई.पि.भी खोप दिन लागिएको आचार्यले बताए ।

त्यसका लागि स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा स्वास्थ्यकर्मीहरु र सञ्चारकर्मीलाई आईपिभी खोप लगाईने बारे बिबिध जानकारी मूलका प्रस्तुति दिइएको हो ।

पोलियो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ । जिल्लामा जेठ २१ देखि २८ गते सम्म आईपिभी खोप अभियान संचालन हुदैछ । यस अभियानको लागि निर्धारण गरिएको उमेर सुमहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि विद्यालयमा नै गएर प्रदान गरिने भएको छ ।

नेपालमा नियमित खोप सेवाको माध्यमबाट आई.पि.भी. खोप सेवा २०७१ साल आश्विन महिना देखि शुरु भएको हो । तर दुईवर्ष नबित्दै विश्व बजारमा आई.पि.भी खोपको अभाव हुन गएकोले आई.पि.भी. खोप आपूर्ति नभएको हुँदा २०७३ साल जेष्ठ महिना देखि २०७५ साल भाद्र महिनासम्मको अवधिमा यो खोप लिन लक्षित उमेरका बालबालिकाहरू छुटेका थिए ।

उक्त अवधिमा आई.पि.भी. खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम रही रहने हुँदा ती बालबालिकालाई आई.पि.भी. खोप दिन जरुरी हुने भएकोले खोप अभियान राखिएको हो । नेपालमा पोलियोरोगको पछिल्लो बिरामी २०६७ भदौ १४ मा देखापरेपनि हालसम्म शून्य छ । यो सुईबाट लगाउने र मुखबाट औषधी खुवाईन्छ । नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।

अभियानलाई जिल्लामा सबैले आफनो तर्फबाट सहयोग गरेर सफल बनाउन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । जिल्लामा सडक बालबालिकालाई खोप अभियानमा कसरी ल्याउने भन्ने बारेमा पनि छफलफ भइरहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले बताए । यो खोप छुटेका बालबालिकाले अनिवार्य लगाउनुपर्ने भएकाले सबैले तोकिएका सयमा जन्मेका बालिबालिका नछुटाउन आग्रह गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया