टी-२० विश्वकप: दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल ब्याटिङ गर्दै



नागरिक अपडेट


काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले ब्याटिङ गर्दैछ।

Advertisement

वेस्ट इन्डिजमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ। नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन्। उनले मात्र १९ रन दिएर चार विकेट हात पारेका हुन्।

Advertisement

अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।

Advertisement

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए। पुरै २० ओभर खेल्दै दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया