गुल्मीको रेसुंगा विमानस्थलमा पाँच सातापछि उडान सुरु



सन्तोष महतारा


गुल्मी — पाँच सातापछि रेसुङ्गा विमानस्थलमा उडान पुनः सञ्चालनमा आएको छ । मौसम प्रतिकूलताका कारण पछिल्ला पाँच साता नियमित उडान हुन सकेको थिएन ।

Advertisement

पछिल्लो पटक लगातार उडान अवरोध बनेकामा बिहीबार उडान भएको नेपाल वायुसेवा निगमका रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । विमानस्थलमा साप्ताहिक चार नियमित उडान हुने कार्यतालिका छ । कार्यतालिकाअनुसार उडान नभए पनि साप्ताहिक एक वा दुई उडान भइरहेको अवस्थामा मौसमका कारण सोही उडान पनि प्रभावित बनेको थियो ।

Advertisement

काठमाडौं-रेसुंगाको भाडा दर प्रतियात्रु ७ हजार ५ सय रुपैयाँ र रेसुंगा-काठमाडौं ७ हजार ३ सय रुपैयाँ रहेको रेसुंगा स्टेसन प्रमुख थापाले बताए ।वर्षायामको समयमा रेसुंगा विमानस्थल कुहिरोले ढाक्छ । खुल्ला आँखाले देखेकै भरमा विमानस्थलमा जहाज अवतरण गर्नुपर्ने अवस्था रहेका कारण वर्षायामको सममयमा पटकपटक जहाज अवतरणमा समस्या हुने गरेको छ ।

Advertisement

रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमअन्तर्गत नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले सफल परीक्षणपछि २०८० वैशाखबाट नियमित उडान सुरु गरेको थियो । उक्त जहाज काठमाडौं-रेसुंगा बिहान ६:३० बजे र रेसुंगा-काठमाडौं बिहान ७ः४० बजे उडान भर्दै आएको छ । रेसुंगा नगरपालिकाको अगुवाइमा रेसुंगा विमानस्थलबाट नियमित उडानका लागि पहल गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया