टी–२० विश्वकप: वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १८१ रनको लक्ष्य



पत्रपत्रिकाबाट


काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार आयोजक वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

Advertisement

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा भएको यो खेल जारी विश्वकपको ‘सुपर–८’ चरणमाको दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया