टी–२० विश्वकप : अफगानिस्तानलाई भारतले दियो १ सय ८२ रनको लक्ष्य



पत्रपत्रिकाबाट


काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले अफगानिस्तानलाई एक सय ८२ रनको चुनौती दिएको छ । केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

Advertisement

भारतका लागि सुर्य कुमार यादवले अर्धशतक प्रहार गरे । २८ बलको सामना गरेका यादवले पाँच चौका र तीन छक्कासहित ५३ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिसब पन्तले २० रन बनाए ।

Advertisement

भारतीय कप्तान रोहित पौडेल आठ रन बनाएर पेभेलियन फर्किएका थिए । अफगानिस्तानका लागि रासिद खान र फजलहक फारुकीले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका रासिदले २६ रन खर्चिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया