हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ



नागरिक अपडेट


बाँके । नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका-७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगन्ज उपमहानगरपालिका-३ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् ।

Advertisement

बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एन्ड एयर कन्डिसन वर्कसप नामको टिभी फ्रिज मर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पसलबाट नगद २४ लाख ६२ हजार ३ सय १५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया