प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार भएको आशङ्का



केशब गौतम


काठमाडौं – भारतीय युवाको प्रेम प्रस्ताव स्वीकार नगर्दा बुटवलकी टीका विष्ट छेत्रीलाई गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा पसल गर्दै आएकी २९ वर्षीय विष्टले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण भारतीय नागरिक आलम अन्सारीले गोली प्रहार गरेको हुन सक्ने प्रहरीलाई बताएकी छन् ।

Advertisement

गोली प्रहार गर्ने व्यक्तिले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेका कारण पनि प्रहरीले आलममाथि शङ्का गरेको छ । केही दिनअघि उक्त व्यक्तिसँग घाइँते विष्टको भनाभन भएको स्थानीयको भनाइ छ ।

Advertisement

पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवलको बुद्धनगरमा होटेल सञ्चालन गर्दै आएकी विष्टको ढाडमा गोली लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन पठाइएको बताइएको छ । ढाडमा लागेको गोली निकाल्न नसकिएपछि उनलाई चितवन पठाइएको स्थानीयले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ईन्द्रबहादुर रानाले घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरेको बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्…

पाल्पा घर भई बुटवलमा बस्ने एक युवतीमाथि गोली प्रहार

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया