मौसम अपडेट:- मेघ गर्जनसहित वर्षाको सम्भावना,गर्मी कम हुँदै जाने



पत्रपत्रिकाबाट


काठमाडौं । केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ । आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ ।

Advertisement

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

Advertisement

उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले बताए । ‘भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने सम्भावना छ ।

Advertisement

साथै तापक्रममा उल्लेखनीय कमी पनि आउने हुँदा गर्मी घट्ने छ’, उनले भने । पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो ।

जसकारण तातो हावाको चेतावनी दिइएको थियो । अन्य प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा माथि मापन भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया