कास्की प्रहरीले वर्षभरिमा समात्यो ८ सयभन्दा बढी फरार प्रतिवादी



पत्रपत्रिकाबाट


पोखरा । कास्की प्रहरीले वर्षभरिमा ८ सय भन्दा बढी प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सय ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

Advertisement

उनका अनुसार अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो । पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय जना महिला छन् ।

Advertisement

उनीहरू सबैको कैद जोड्दा ६१ वर्ष २ महिना १५ दिन हुन्छ । त्यसबाहेक १० करोड १२ लाख १ हजार ३ सय ७१ रुपैयाँ जरिवाना असुलउपर गर्नका लागि अदालतमा उपस्थित गराइएको ओलियाले बताए ।

अदालतबाट दोषी ठहर भएर पनि लामो समयदेखि फरार रहँदै आएका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिइएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया