अर्घाखाँचीमा बालविवाह गर्ने व्यक्ति पक्राउ



पत्रपत्रिकाबाट


अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाउँपालिकामा ११ वर्षीया बालिकासँग विवाह गर्ने युवक पक्राउ परेका छन्। ११ वर्ष ७ महिना ५ दिनकी बालिकालाई विवाह गर्ने पाणिनि गाउँपालिका-४ गेजाटाकुराका ३० वर्षीय अमर बहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए।

Advertisement

बालिकाका आफन्तले वैशाख ३१ गते राति विवाह गरेको जाहेरी दिएपछि प्रहरीले आइतबार पक्राउ गरेको हो। जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया